पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन |


प्रकाशित: भाद्र ११, बिहिबार, रौतहट
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

चार दिन अघि सम्प्रेषित पत्रमा रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न निर्देशन दिएको छ।

प्रकरणको एक साता वितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले विरोध जनाइरहेका छन् ।

अनुसन्धानमा प्रहरी गम्भिर नभएको आरोप लागिरहेका बेला गृहको यसतो सर्कुलर सार्वजनिक भएपछि नागरिक आक्रोश बढेको छ । घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुन÷गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरीतका कार्य भए÷गरेको पाइएमा संलग्नताहरुलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ भनी शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरी पत्र पठाएको छ भने शान्ति सुरक्षामा खलल पुग्ने विषयमा संवेदनशील भएर हेर्नू भनेर परिपत्र जारी हुनु सामान्य विषय भएको बताउँछन् गृह मन्त्रायलका सूचना अधिकारी प्रेमलाल लामिछाने ।

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार