कोरोनालाई जित्न के खाने , के नखाने र के गर्ने ?


विराटनगर, श्रावण २५ ,आइतबार 

कोरोना सङ्क्रमणको माहामारीले विश्वलाई तहसनहस परिरहेका बेला मृत्यु हुने मध्ये अधिकांश वृद्धवृद्धाहरु र दीर्घ किसिमका अन्य रोग भएका व्यक्तिहरु रहेका छन् । कोरोना भाइरस हाल नेपालमा भुसको आगो जस्तो भित्रभित्रै सल्किदै गई रहेको छ र हाजारौँ हजार मानिसहरुलाई यो रोग सरी सकेको छ । कतिपय व्यक्तिहरुलाई यो रोग लागेर पनि थाहै नपाई निको भइसकेको छ भने कतिपय व्यक्तिहरुलाई सामन्य रुघाखोको रुपमा देखा परेर निको हुने गरेको पाइएको छ दीर्घ किसिमका रोग भएकाहरुलाई भने यसले मृत्युको मुखमा पुर्‍याउने वा मृत्यु समेत हुने गरेको तथ्यांक छ। 

यस रोगबाट बच्नका लागि सबैभन्दा ठूलो कुरा भनेको खान पान नै हो। हामीले खानपानको जीवन शैलीलाई परिवर्तन गर्न सकेमा यो रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र कोरोना लागी हाले पनि थाहै नपाई निको हुन्छ । त्यसैले के खाने र के नखाने भन्ने कुरालाई ध्यान दिनु आवश्यक छ :

के नखाने ?
१. तयारी अबस्थामा बजारमा राखिएका खानेकुरा जस्तै चाउचाउ, पाउरोटी, कुरमुरे लगायतका प्याकिङ गरिएका खाने कुराहरु

२. कोक,फ्यान्टा, जस्ता सोडा युक्त पेय पदर्थहरु फ्रीजमा राखिएको चिसो पानी

३. धेरै गुलियो भएका मिठाइहरु, जुलेबी, लालमोहन, रसबरी, चिया आदि 

४. प्याकिङ गरिएका वा बासी माछामासु र काँचो तरकारी 

५. मैदाजन्य खाने कुरा र प्रसोधित चामलको भात

यी खानेकुराहरुलाई तपाई हामीले जति सक्दो कम गर्न सक्छौँ त्यति हामीमा रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि हुन्छ ।

के खाने ?
१. सकेसम्म दिनको एउटा ताजा कागती, तातो पानी,दुध बेसार वा वेसार पानी, अलैंची मरिच,ल्वाङ,बुर्जो लागायतका घरायसी जडिबुटी 

२. ढीकीमा कुटीएको चामल, मकैको च्याख्ला, कोदाको वा मकैको ढिडो वा रोटी 

३ लसुन, अदुवा, ब्रोकाउली, पालुङ्गोको साग, हरियो खुर्सानी,लगायत हरियो सागसब्जीलाई राम्रोसँग पकाएर

४. गुन्द्रुक, दाल तथा गेडागुडीको रस आदि 

यी खाने कुराहरुले तपाईं हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले सकेसम्म यी र यस्ता खाने कुराहरुमा विशेष ध्यान पुर्‍याउनु पर्नेछ । 

महामारीको रुपमा फैलिएको कोरोनासँगको युद्धमा जित हालिस गर्नका लागि खानपानलाई विशेष ध्यान दिनुका साथै मानिसका भिडभाड हुने स्थानहरूमा सकेसम्म नजाने,अनावश्यक हिँडडुलका कार्यलाई बन्द गर्ने र पटक पटक साबुन पानीले हात धुनु नै उपयुक्त मानिन्छ ।

रास्ट्रिय टाईम्सका लागि विराटनगर संबाददाता मनिष पोखरेलले तयार पार्नुभएको 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार