सवारी लाइसेन्स नवीकरण म्याद भदौसम्म मात्र, म्याद नाघे जरिवाना लाग्ने


प्रकाशित: भदौ ८, सोमबार, काठमाडौँ

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी चालक अनुमतिपत्र धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना नतिर्नुपर्ने जानकारी दिएको हो । प्रायजसो ठाउँ लकडाउन तथा निषेधाज्ञा ले ठप्प छ। 

कहिले सहज हुने भनेर ढुङ्गो नभएको बेला चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी चालक अनुमतिपत्र धनीले भदौ मसान्तसम्म सवारी चालक अनुमतिपत्र नविकरण गरे जरिवाना नलाग्ने भनी यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ।

अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार