उद्धार उडान रोकिएसँगै सयौं नेपाली युवाहरु दुबई एयरपोर्टमा अलपत्र ।


प्रकाशित‌: भदौ २ , मङ्गलबार 

सरकारले विदेशबाट फर्किने नेपाली कामदारको लागि तय गरेको उद्धार उडान स्थगित गरेकोछ। कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र -(सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ।
उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो । कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।

उडान रद्ध भएसँगै दुबईबाट फर्किन लागेका तयारी अवस्थामा रहेका सयौं नेपालीहरु अलपत्र परेका छन्। यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।
दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्र्किन लागेको खबर पाएपछि आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको सम्पूर्ण खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार