बोक्साको आरोपमा हातपात गरेपछि ६ जना पक्राउ


प्रकाशित: भदौ ९, मंगलबार, सिन्धुली। 
सिन्धुली प्रहरीले बोक्साको आरोप लगाउने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा,५० वर्षीया फूलमाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा,२३ वर्षीय शुकबहादुर वाइवा र काभ्रे धुलिखेल नगरपालिका-८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताउनुभयो । पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्साको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार