सुनसरीमा आज बाट निषेधाज्ञा जारी ।


Sunsari-lockdown
सुनसरी, श्रावण २५, आईतबार


सुनसरी जिल्लाको कोविड-१९ व्यवस्थापन समितिले आज बैठक बसी निर्णय गरेअनुसार आज राति १२ बजेदेखि श्रावण ३२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

संक्रमण रोग ऐन २०२० बमोजिम जिल्लाभित्र कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको हो। सीमावर्ती जिल्लाहरुमा अत्यधिक रुपमा संक्रमण बढ्दै गएका कारणले गर्दा सर्वसाधारणको आवतजावत नियन्त्रण गर्नका लागि समितिले यस्तो निर्णय गरेको हो।

निषेधाज्ञा जारी रहंजेल जिल्लाभित्र सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले आफ्नो कार्यालयको काममा कार्यालयको समय अघि र पछि हिँडडुल गर्न पाउनेछन्। सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक सेवाका सवारी साधन ढुवानीका साधन तथा निर्माण सामग्री बोकेका सत्ता सवारीसाधनबाहेक सबै किसिमका सवारी साधनहरूको आवतजावत निषेध गरिएको छ ।

त्यस्तै औद्योगिक क्षेत्रको हकमा सम्बन्धित उद्योग प्रतिष्ठानहरूले स्वास्थ्य प्रोटोकल पालना गरी उद्योग सञ्चालन गर्न पाउने र त्यस्ता उद्योगमा प्रयोग हुने कच्चा पदार्थ ल्याउन र उद्योगबाट उत्पादित सामान बजारमा लैजान निषेध गरिएको छैन । यस निषेधाज्ञाको उल्लङ्घन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम सजाय हुने निर्णय समेत समितिले गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial