नेपालमा ३३ जना कोरोना संक्रमित सात दिनमै आयुर्वेदिक पद्धतिबाट उपचार पाएर घर फर्किएका छन् । कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका उक्त ३३ जना संक्रमित ७ दिनमै उपचार पाएर घर फर्किएका हुन् । यसका साथै निको भएर जाने व्यक्तिहरूको क्रम बढ्दो रहेको जानकारी आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत ले दिनुभयो ।
एलोपेथी औषधीहरू प्रयोग भइरहेको समयमा आयुर्वेद चिकित्सा प्रति मानिसको विश्वास कम हुँदै आएका बेला बिरामीलाई आयुर्वेदले निकै फाईदा गरेको देखिन्छ । आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डाक्टर अमित मान जोशीका अनुसार आयुर्वेद औषधि मा विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी प्रयोग भएका कारणले कोरोना रोगसँग लड्नसक्ने क्षमता छिटो वृद्धि भई निको भएको हो ।
आयुर्वेदका अन्य विज्ञ चिकित्सकहरु सँग छलफल गरि स्वासप्रस्वास स्वास्थ्यसँग सम्बन्धित प्रयोग हुने जडिबुटीहरु मिलाएर बनाएको औषधि विरामीहरुलाई प्रयोग गर्न दिइएको थियो । प्रयोग भएको एक सातापछि पी सि आर परीक्षण गराउँदा सबै बिरामीको रिपोर्ट नेगेटिव आएको डाक्टर जोशीको भनाइ छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :