विज्ञान दिवसका अवसरमा मा.वि.स्तरीय हाजिरीजवाफ प्रतियोगिता संचालन हुने |


प्रकाशित: भदौ १४, आइतबार ।
" स्वच्छ र गुणस्तरीय जीवनका लागि विज्ञान " भन्ने नाराका साथ मनाउन लागिएको आठौं विज्ञान दिवसको अवसरमा विज्ञान शिक्षक समाज नेपाल – STAN प्रदेश नं १ समितिल हाजिरीजवाफ प्रतियोगिता संचालन गर्ने भएको छ । 
अनलाइन मार्फत संचालन गरिने उक्त प्रतियोगितामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक विद्यालयबाट दुई विद्याथीैको एक समुह रहने गरि संचालन गरिने यो प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ । सो कार्यक्रमको पहिलो चरणबाट छनौट भएका उत्कृष्ट आठ समुह बिच फाइनल राउण्ड यहि २०७७ भदौ २४ गते संचालन हुने कुुरा प्रदेश संयोजक अभय लिम्बुले जानकारी दिनु भयो । यस प्रतियोगितामा सहभागि हुन इच्छुक विद्यालयले यस लिङ्क मार्फत २०७७ भदौ २० गते भित्र नाम दर्ता गर्नु पर्ने छ । फाइनलका उत्कृष्ट चार समुहलाई आकर्षक पुरस्कार तथा प्रमाणपत्रको समेत व्यवस्था रहेको प्रदेश नं १ स्टानले जानकारी दिएको छ ।

विज्ञानका क्षेत्रमा भएका नवीनतम खोजका कुरा आम मानिस लाई जानकारी दिने तथा अनुसन्धानमा संलग्न व्यक्तिलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष असोज १ गते विज्ञान दिवस मनाउदै आइएको छ । यस वर्षको विज्ञान दिवसमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , Research Centre for Applied Science and Technology (RECAST) र विज्ञान शिक्षक समाज नेपाल – STAN ले संयुक्त रुपमा विविध कार्यक्रम आयोजना गर्ने भएका छन् ।

लिङ्क : https://forms.gle/dS45Xu1Y7hv8WwsSA

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार