विराटनगरमा १३ जना नयाँ संक्रमित


corona-biratnagar

विराटनगर , श्रावण २२, बिहिबार 
विराटनगरमा बुधबार राति थप १३ जना नयाँ संक्रमित भेटिएका छन् । विराटनगरमा समुदायमा कोरोना  भाइरस फैलिएको यो सबैभन्दा उच्च संख्या हो ।  अस्पतालको प्रयोगशालामा स्वाब परिक्षण गराई रिपोर्ट हेर्दा , उनीहरुको रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

संक्रमित नयाँ व्यक्तिहरु मध्ये ५ जना महिला र ८ जना पुरुष  रहेका छन । महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले दिनुभएको  जानकारी अनुसार नयाँ संक्रमितहरु विराटनगर २, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका रहेका छन् । योसंगै विराटनगरमा संक्रमित संख्या १८३  पुगेको छ । 

यस अघि विराटनगरका २ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । मृत्यु हुनेमध्ये एकजना वडा नम्बर ५ र अर्का व्यक्ति वडा नम्बर ९ का पुरुष हुन ।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार