कक्षा ११ को भर्ना भाद्र १५ पछि . . .


प्रकाशित :भाद्र ३ , बुधबार 
राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको संक्रमण भएकै बीचमा माध्यमिक परीक्षा एस. ई. ई. को परीक्षाफल प्रकाशित गरेको छ । यसका साथै बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन तत्पर भएका छन् । तर भर्नाको निर्णय भने भदौपछि मात्र हुने अधिकारीहरु बताउँछन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमका अनुसार विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाओस् भन्नका लागि संक्रमण कै अवस्थामा नतिजा सार्वजनिक गरिएको हो। उहाँका अनुसार भर्नाको निर्णय भने भदौ १५ पछि मात्र हुनेछ । 

विगतका वर्षहरुमा कक्षा ११ को शैक्षिकसत्र श्रावण पहिलो या दोस्रो साताबाट सुरु हुने गरेकोमा यसपटक समयका हिसाबले धेरै ठूलो क्षति नभएको दाबी सरकारी शिक्षा अधिकारीहरु गर्दछन् । साविक समयभन्दा केही समय नतिजा ढिलो प्रकाशन भएतापनि शैक्षिक गतिविधि नियमित भएमा विद्यार्थीहरूको शैक्षिक सत्र खेर जाँदैन भन्ने तर्क शिक्षा अधिकारीहरुको छ । 

यसवर्षको कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने निर्णय समेत भइसकेको अवस्था छ । तर बढ्दो संक्रमण का कारण विद्यार्थी हरुको भर्ना यसै दिनदेखि गर्न सकिन्छ भन्ने कुराको यकिन छैन । 

यसका साथै विद्यार्थीहरु भर्ना नभएका कारण अनलाइन कक्षा समेत सञ्चालन गर्न बिद्यालयहरुलाई निर्देशन दिन सकिने अवस्था सरकारको छैन । ५ लाख भन्दा बढी विद्यार्थी हरुले आफ्नो शैक्षिकसत्र निर्धारित समयमै सम्पन्न गर्न सक्ने आशा एकदमै न्यून रहेको छ । सरकारले भदौ १५ गते सम्मका लागि शैक्षिक संस्थामा भर्नाको लगायतका प्रक्रियामा रोक लगाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार