भदौ १६ बाट सुचारु हुने भए नियमित हवाई उडान।


प्रकाशित: भदौ ५, शुक्रबार, काठमाडौँ


सरकारले स्थगित गरेको उद्धार उडान सुरु गरे संगै नियमित हवाई उडान पनि सुचारु गर्ने निर्णय गरेको छ। लामो समयको बन्द बन्दीले हवाई उडान हरु प्रभावित बनेका छन्।

पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको भदौ १६ गतेदेखि नियमित उडान गर्ने ,बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

यसरि नेपाल आएका यात्रुहरु ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। सरकारले विदेशबाट फर्किने लाई राख्न होटल क्वारिन्टिनहरु तोकेको छ।

यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १८ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ।

त्यसैगरी पीसीआर परीक्षण सहज नभएका देशहरूबाट भने चार्टर उडान मात्र सञ्चालन हुनेछ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial