विराटनगर, श्रावण २५, आईतबार
आइतबार विराटनगरमा १९ पुरुष र १० महिला गरी थप २९ जनामा कोरोना संक्रमण पोजिटिभ आएको छ । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २८२ पुगेको छ । विराटनगरबाट डिस्चार्ज हुनेको संख्या ४३ पुगेको छ । यसैगरी, मोरङमा संक्रमित व्यक्तिको सङ्ख्या ५२३ पुगेको छ । प्रदेश १ मा जम्मा ४० नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार, निम्न स्थानमा संक्रमित थपिएका हुन् :
१. विराटनगर - २९
२. अर्जुनधारा - २
३. बर्जु - १
४. धरान - ३
५. इटहरी - २
६. झापा - ५
श्रोत : सामाजिक विकास मन्त्रालय, प्रदेश १
योसँगै, प्रदेश १ मा संक्रमित हुनेको संख्या १४३२ पुगिसकेको छ । प्रदेश १ बाट ८५८ जना डिस्चार्ज भैसकेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :