बैतडी, बैतडीको सुर्नया गाउँपालिका–५ रौलेश्वरस्थित मडै गाउँमा बुधबार बिहान साढे ७ बजेतिर माथिबाट आएको पहिरोले घर भत्किँदा एकै घरका ४ जना घाइते भएका छन् । मडै गाउँका वीरबहादुर मडैको चारकोठे कच्ची घर माथिबाट आएको पहिरोले भत्किएको हो।
पुरिएर घाइते भएका चारै जनाको तत्काल उद्धार गरिएकाले ज्यान जोगिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ४५ वर्षका वीरबहादुर, उनकी ४३ वर्षीया श्रीमती सुन्दरी, २२ वर्षकी छोरी सरस्वती र २० वर्षकी छोरी पार्वती रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । उनका अनुसार घाइतेहरूको पेट , छाती , कम्मर , खुट्टामा चोट लागेको छ । उनीहरू सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
घटना हुँदा घरमा पूर्ण रूपले क्षतिग्रस्त भएको चन्दले बताए । सोही स्थानका अन्य दुई परिवारको घर पनि जोखिममा परेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :