कोरोना संक्रमित लागुऔषध अभियुक्त आइसोलेसन बाटै फरार ।


प्रकाशित: भदौ ८ सोमबार, 
बाँके
लागूऔषध मुद्दामा पक्राउ परेका एक जना कोरोना संक्रमित व्यक्ति आइसोलेसन बाटै फरार भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔसध सहित पक्राउ गरेको थियो । पक्राउ परिसके पछि उनमा कोरोना पुष्टि भएको थियो । 

बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राणाका अनुसार खजुरा स्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसनबाट अभियुक्त फरार भएका हुन् । प्रहरीका अनुसार अहिले उनको खोजी कार्यका लागि प्रहरी टोली परिचालित गरिएको छ ।

अभियुक्तलाई कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरमा चार दिन अगाडि पठाइएको थियो । संक्रमित अभियुक्त भागेपश्चात आइसोलेसनको सुरक्षाका निम्ति खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन गर्न थालिएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार