महानगर उदासिन : विराटनगरमा महिनौदेखि फोहोर उठेन |



 
प्रकाशित: भदौ ११,बिहिबार,विराटनगर। 

विराटनगरका विभिन्न स्थानमा फोहोर व्यवस्थापनमा समस्या देखापर्न थालेको छ। महानगरपालिका उदासिन बन्दा विराटनगरका सडक तथा घरहरुबाट महिनौदेखि फोहोर उठ्न सकेको छैन। 

स्थान:रानी हाइवे 

विराटनगर महानगरपालिका यतिखेर कोरोना संक्रमण रोकथाममा कम्मर कसेर लागिरहेको छ। महानगरका मेयर भिम पराजुलीको अग्रसरतामा व्यापारी,उद्योगी,समाजसेवी लगायतबाट सहयोग जुटाएर हालै नयाँ पिसिआर मेसिन पनि खरिद गरिसकेको छ। तर,त्यहि महानगरपालिका फोहोर व्यवस्थापनमा भने चुकेको छ। 

स्थान:मुनालपथ चोक 


विराटनगरका विभिन्न स्थानमा महिनौदेखि फोहोर उठेको छैन। यस्तो कोरोनाको महामारी चलिरहेको अवस्थामा अर्को हैजा निम्तिन सक्ने फोहोर व्यवस्थापन क्षेत्रमा चासो राख्ने जानकारहरु बताउँछन। 

विराटनगर भनेको प्रदेश १ को राजधानी हो र आफैँमा यो एक ऐतिहाँसिक सहर पनि हो। सरसफाई लगायत सम्पूर्ण तवरले यो एउटा नमूना सहर हुँनुपर्ने हो तर महानगरबाट महिनाको १० औं लाख र वार्षिक करोडौं रकम फोहोरमैलामा खर्च हुँदा पनि बेलैमा फोहोर उठ्न नसक्नु एक लज्जाको बिषय हो। फोहोरमैला परियोजनाले पनि मासिक ३५ लाखको हाराहारीमा नगरका जनताबाट मासिक शुल्क उठाउँछ भने जम्मा आम्दानी मासिक ४५ लाखको सफाई यस्तै हुन्छ र? यहाँ जिम्बेवार निकाय सरसफाई प्रति गंभीर हुन जरुरी छ , काम गरे झैं देखाएर पैसा कुम्ल्याउन खोज्ने नियतको अन्त्य हुँन जरुरि छ। यदि मनहनगर र ठेकेदार कम्पनीबाट यो काम सम्भव हुँदैन भने विराटनगरका युवा अभियान्ताहरुलाई एकपटक नगर सफाईको जिम्मा दिएर टेष्ट गरेर हेर्न विराटनगर -३ का वासिन्दा सुवास संजेलले राष्ट्रिय टाईम्सलाई बताए ।
स्थान :महेन्द्र चोक नर्बदा कम्प्लेक्स

स्थान:शनि मन्दिर चोक

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार