बिराटनगर महानगरपालिका भित्र यस आधारमा हुनेछ कोरोना परिक्षण


विराटनगर , श्रावण २२, बिहिबार


बुधबार एक सुचना जारि गर्दै विराटनगर महानगरपालिकाले कोभिड निदानका लागि तत्कालको अवस्थामा कसरि , कुन कुन आधारहरुमा कोभिड-१९ को परिक्षण हुनेछ भनि जानकारी सार्वजनिक गरेको छ । 

जानकारीका अनुसार, कोभिड-१९ को लक्षण तथा चिन्ह देखिएका व्यक्तिहरु, विदेशबाट फर्किएका व्यक्तिहरु, क्वारेन्टाईन तथा अनुमति लिएर आईसोलेसनमा रहेका व्यक्तिहरु, कोभिड-१९ को संक्रमित व्यक्तिहरु बाट सम्पर्क पहिचान गरिएका व्यक्तिहरु, कोभिड-१९ को संक्रमण पुष्टि भएका वा सम्भावित विरामीको उपचार तथा सेवामा खटिने व्यक्तिहरुको परिक्षण हुनेछ । 

त्यस्तै, एसिम्प्टोमेटिक अग्रपङ्गतिका व्यक्तिहरु, भिडभाड हुने तथा जनघनत्व बढी भएको ठाउँहरुमा रहेका व्यक्तिहरुको रेण्डम स्यम्प्लिंग का आधारमा परिक्षण हुनेछ । पी सी आर परिक्षणको नतिजामा पोजिटिभ देखिएका व्यक्तिहरु रहेका ठाउँमा, सामुहिक रुपमा परिक्षण हुनेछ । यसैगरी सार्वजनिक स्थलहरु तथा सेवा प्रवाह गर्ने स्थानका अग्रपङ्गतिमा कार्यरत व्यक्तिहरुको पनि परिक्षण हुनेछ ।

सुचना :


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार