आज गणेश चतुर्थी, मिथिलामा चौरचन पर्व मनाइँदै।


प्रकाशित भदौ ६ शनिबार ,विराटनगर
आज २०७७ भाद्र ६ शनिबार, भाद्र शुक्ल पक्ष चतुर्थी को दिन गणेश चतुर्थी पर्व भगवान गणेशको पूजा आरधना गरेर मनाइँदैछ । सत्ययुगमा यही दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता रहेकोले प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजनको ब्रत पारायण गरी गणेशको व्रत गर्ने मान्यता छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजमा सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा कुनै पनि बाधा नआओस भनेर गणेशको पूजा गर्छन्। केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् । विगतमा विभिन्न मन्दिरहरुमा धुमधामका साथ पूजा गरेर मनाइने यो पर्व यस वर्ष भने कोरोना भाइरस महामारीका कारण सम्भव भएन । भक्तजनहरुले घरमै बसेर पूजा गर्नु पर्ने अवस्था छ ।

त्यसैगरी मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार