पहाडी र हिमाली भेगका विमानस्थलमा हवाई‌ उडान खोल्ने तयारी |


प्रकाशित: भदौ ९, मंगलबार, काठमाडौँ

मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको बताए।

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ। मन्त्रीका अनुसार चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ, सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको छ।

तर तराईमा भने हवाई उडान तत्काल खुल्दैन । तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार