न्युजिल्यान्डमा १०० भन्दा बढी दिन पश्चात पुनः कोरोना भाइरस संक्रमण देखिएको छ । जानकारीका अनुसार न्युजिल्यान्डमा एकै परिवारका चार जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
संक्रमित हरु अकल्याण्ड निवासी एकै परिवारका हुन् । उक्त घटना पश्चात न्युजिल्यान्डमा तेस्रो चरणको लक डाउन सुरु गरिएको छ । यसअघि न्युजिल्याण्डले सम्पूर्ण सिमाना बन्द गरी देशभर लक डाउन जारी गरेको थियो र कोरोना भाइरस नियन्त्रण मा पुगेको थियो । न्युजिल्यान्ड कि प्रधानमन्त्री ज्यासिन्डा आर्डेन र न्यूजिल्याण्डको कोरोना भाइरस रोकथामका लागि गरिएको प्रयास विश्वभरिमा अत्यन्तै सराहनीय मानिएको छ ।
विश्वका शक्तिशाली राष्ट्रहरूमा पुरुष नेतृत्वको सरकारले समेत गर्न नसकेको कोरोना भाइरस रोकथामका लागि महिला नेतृ आर्डेन ले गरेको प्रयास उदाहरणीय मानिएको छ ।
हाल न्युजिल्याण्डमा १,५७० संक्रमित छन् भने, २२ जनाले ज्यान गुमाइसकेका छन् ।
एजेन्सी
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :