डा. कार्कीको स्वास्थ्य अवस्थामा सुधार



विराटनगर , श्रावण १९, सोमबार 

विराटनगर अस्पताल (विराट नर्सिङ्ग होम ) का चिकित्सक, संचालक डा ज्ञानेन्द्र कार्कीको अवस्थामा सुधार आएको उनको परिवारबाट जानकै प्राप्त भएको छ । कोरोना पोजिटिभ देखिएपछि उनलाई काठमाडौँ सिक्षण अस्पताल को कोभिड १९ उपचार केन्द्र लागिएको थियो ।

उनलाई निमोनिया भएपछी थप गम्भीर अवस्थामा पुगेका उनको स्वास्थ्य हाल सामान्य रहेको जानकारी प्राप्त भएको छ । सिक्षण अस्पताल को आइ सी यु मा उपचार रत कार्कीको प्लाज्मा थेरापी बाट उपचार भएको हो । संक्रमण ले अप्ठ्यारो अवस्थामा पुगेका कार्कीलाई विदेशबाट आएका कोरोनको उपचार भैसकेका व्यक्तिको रगतको प्लाज्मा दिए पश्चात उनको स्वास्थ्य सामान्य बन्दै गएको हो । यसरि कोरोन संक्रमणको प्लाज्मा थेरापी बाट उपचार  गरिएको नेपालमा यो पहिलो पटक हो । 

मानवका रक्त कोसीका हरुमध्ये , प्लाज्मा एउट यस्तो कोस हो जसले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरिदिन्छ । उपचार प्राप्त भैसकेका व्यक्तिमा भएको प्लाज्मा अर्का बिरामीलाई ट्रान्स्फ्लाण्ट गर्दा सोहि व्यक्तिको झैं रोगमा सुधार हुने तिव्र प्रक्रिया सुरु हुन्छ । रगत बाट प्लाज्मा छुट्याएर त्यो प्लाज्मा बिरामीको सरिरमा पठाइन्छ । डा कार्कीलाई अहिले सामान्य बेडमा सारिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार