अब सोह्र श्राद्ध पनि अनलाईन विधिबाट गर्नुपर्ने। ( सूचना सहित )



प्रकाशित: भाद्र १३, शनिवार, रुपन्देही  ।
समुदायस्तरमा कोरोना संक्रमित भइ गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध लाई भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ । तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध अनलाइन माध्यमबाट गर्न-गराउन आग्रह गरेको छ । 

सोह्र श्राद्ध पितृ पूजन कार्य गर्दा आफन्त, छिमेकी, ईष्टमित्र हरुलाई आमन्त्रण नगरी परिवारका सदस्यहरुको मात्र सामेल भई गराउनु पर्ने सूचनामा भनिएको छ ।

त्यस्तै एकजना पुरोहित सोह्र श्राद्ध कार्यक्रममा एकैदिनमा धेरैजनाको घरमा जाने प्रचलन भएका कारण संक्रमण फैलिन सक्ने सम्भावनाहरु हुन सक्ने भएकाले नगरपालिकाले यस्तो सूचना जारी गरेको हो । 

सोह्र श्राद्ध यस वर्ष आउँदो भाद्र १७ बाट प्रारम्भ हुँदैछ । 

सुचना :


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार