राष्ट्रियता माथि प्रहार गर्ने भिडियो भाइरल बन्दै, तुरुन्त कारवाही गरियोस ।


प्रकाशित: भाद्र २, मङ्गलबार
स्वतंत्रता सबैको हक अधिकार हो, तर हक अधिकार छ भन्दै मा आफ्नो देश को झन्डा जलाउने अधिकार कसैलाई हुँदैन । वाक् स्वततन्त्रता को समान अधिकार रहेको छ, तर यस्तो किसिमको वाक्यांश, शब्द प्रयोग गर्ने अधिकार कसैलाई हुँदैन । जुन झण्डालाई हामी सारा नेपालीले शिर झुकाउछौ त्यो झण्डाको मर्यादा नराख्ने यो कस्तो किसिमको मानसिकता हो ? 

युट्यूवमा राखिएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । त्यो कुनै प्रेरणादायी या रोचक भिडियो भने होइन । समग्र नेपाल र नेपालीहरु माथि प्रहार गर्न खोज्ने दुस्साहस भएको भिडियो हो । उक्त भिडियोमा एउटा हिप हप् / र्याप शैलीमा श्रव्य दृष्य निर्माण गरी राष्ट्रियता माथि प्रहार गरिएको छ । उक्त गीत को सुरुवात मै बाहुन क्षेत्री हरुको बिरोध गरी, नेपालको झण्डा जलाइएको दृश्य देखाइएको छ । 

जातीयता , धर्म, समुदाय को नारा उठाइ, शान्ति सहिष्णुता भाड्न खोजिएको देखिन्छ । विभिन्न किसिमका अपशब्द प्रयोग गरी गाली गलौज गरिएको उक्त भिडियोमा लाइक भन्दा पचास गुना बढी डिस लाइक ले भरिएको छ । उक्त युट्युब भिडियोका दर्शक हरुले सो भिडियोलाई हटाउनुपर्ने र यस्तो भिडियो बनाउने लाई कारवाही को गर्नुपर्ने माग राखेका छन् । दर्शकहरुले हजारौँ आलोचनात्मक कमेन्ट गरेका छन् । देशलाई जातिय द्वन्द तर्फ लाग्न खोजेको भन्दै दर्शक हरुले आलोचना गरेका छन् । 

उक्त भिडियोमा कतै नभेटिने इतिहास को वर्णन गर्दै, धम्क्याउने शैलीमा गीत प्रस्तुत गरिएको छ । "देशद्रोही" शीर्षक राखी पोस्ट गरिएको उक्त भिडियोमा राष्ट्र, राष्ट्रियता, भेष, भूषा, भाषा, संस्कृति लगायत अन्य थुप्रै आयाम हरुमा प्रहार गरिएको देखिन्छ । 

भिडियो को अंतिम मा नेपालका राष्ट्र निर्माता पृथ्वनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य बिशिष्ट व्यक्तिहरूको तस्विर समेत जलाइएको देखाइएको छ । यसरी देश को झण्डा जलाउनु, देश का निर्माता, सहिद लगायत वरिष्ठ नेता हरुको तस्विर मा आगो लगाउनु कदापि उचित नहुने कुरा हो । यसले हाम्रो राष्ट्रियता, सहिष्णुता, शान्ति, स्थायित्व र आदर सम्मान प्रति आघात पुर्याएको प्रष्ट देखिन्छ । 

नेपाली गीत संगीत मा राखिएको एउटा अपशब्द का कारण कारवाहीमा परेका थुप्रै व्यक्ति हरु रहेको उदाहरण छ । यसरी अराजकता नै फैलाउने गरी भिडियो बनाउँदा सरकार तथा प्रशासनको ध्यानाकर्षण हुनु आवश्यक छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार