पहिरोमा परेर बेपत्ता भएकाहरुमध्ये ११ जनाको शव भेटियो |


sindhupalchowk-landslide
श्रावण ३१, शनिबार 
जुगल-२ लिदी, सिन्धुपाल्चोकमा शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोमा परेर बेपत्ता भएकाहरु मध्ये ११ जनाको शव भेटिएको र सनाखत पनि भइसकेको प्रहरीले जानकारी दिएको छ । 

सिन्धुपाल्चोक जिल्लाका डिएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ रहेका छन् । 

पहिरोमा परेर अन्य २७ जना बेपत्ता भएका छन् र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोले घरहरू पनि क्षति गरेको र बगाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार