नेपाल प्रहरीले गर्यो ७२ डिएसपीहरुको सरुवा ।




प्रकाशित:भदौ १५,सोमबार,काठमाडौँ। 

नेपाल प्रहरीले नायब उपरिक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) को निर्णय अनुसार मानव स्रोत एवं प्रशासन विभागले ७२ जना डीएसपीहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार डीएसपी जिल्ला इन्चार्ज हुने पहाडी जिल्लाका प्रमुखहरुको पनि सरुवा भएको छ । 

काठमाडौं उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । सरुवा सूची अनुसार प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ । 

यस्तै, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख रहेका डीएसपी श्यामबाबु ओलियाको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस्तै, ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका निलम्बित डीएसपी सञ्जय राउतको पनि सरुवा भएको छ । 

सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलमा रहेका डीएसपी राउतको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएको छ । हाल सरुवा भएका ७२ जना डीएसपीले भदौ महिनाको तलव, भक्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत डीएसपी सुनिल मल्लको जिल्ला प्रहरी कार्यालय प्युठानको इन्चार्ज बनाएर सरुवा गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार