मास्क नलगाउनेलाई १ सय रुपैयाँ तिराउने, आफु भने मास्क निधारमा लगाउने ।


 

प्रकाशित: भदौ ८, सोमबार, बीरगञ्ज

जनताले मास्क नलगाए जबर्जस्ती १ सय रुपैयाँ तिराउने बारामा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित ज्यूले निधारमा मास्क लगाउँदा कति तिर्दा उचित होला ?


आइतबार सिम्रौनगढमा भारतीय नाकामा मल तस्करीबारे अनुगमन गर्न गएका प्रजिअ पण्डित मास्क माथि सारेर निधारमा पुर्‍याएका छन् । प्रजिअ पण्डितकै आदेशमा बारामा कोरोना महामारी शुरु भएपछि २ हजार ९ सय ४७ जनालाई मास्क नलगाएकै कारण कारबाही गरिएको छ । मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएपछि १ सय रुपैयाँ जरिवाना लिएपछि मात्रै छोड्ने गरिन्छ ।

मास्क निधारमा लगाएको फोटो प्रमुख जिल्ला अधिकारी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा बिहान पोष्ट गरेका थिए भने निधारमा मास्क लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

अनुगमनका क्रममा खैरो एन ९५ मास्क लगाउँदा स्वास थुनिएको जस्तो महसुस भएकाले दूरी कायम गरेर मास्क माथि सारेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताएका छन् । उनले भोलिदेखि आफूले नियमित मेडिकलमास्क प्रयोग गरी बानी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार