विराटनगर, श्रावण २५, आईतबार
मोरङको बुढीगंगा गाउँपालिका मा सञ्चालनमा रहेको आरती स्ट्रिप्स प्राइभेट लिमिटेड मा कार्यरत मजदुरहरुलाई कोरोना संक्रमण पुष्टी भएपश्चात, उनीहरूलाई उद्योग भित्रै आइसोलेसनमा राखिने भएको छ । १८ जना मजदुरहरुलाई कोरोना पोजिटिभ देखिएका कारण, उनीहरूलाई उद्योग भित्रै आइसोलेट गरिने भएको छ ।
१६ जना भारतीय र दुईजना नेपाली मजदुर गरी, जम्मा १८ जनामा संक्रमण देखिएको हो । संक्रमण बढ्दै गएपछि उद्योग समेत बन्द गरिएको छ । साथै, बाहिर डेरा लिई बसेका मजदुर हरुलाई सुरक्षित होम क्वारेन्टाइन मा बस्न गाउँपालिका ले निर्देशन दिएको छ ।
उद्योग भित्र आइसोलेसनमा बसेका मजदुरहरुलाई, स्वास्थ्य परामर्श तथा अन्य सेवाका लागि, गाउँपालिका ले स्वास्थ्यकर्मी परिचालन गरेको छ । बुढीगंगा गाउँपालिका भित्र संक्रमित हुनेको संख्या, ३० पुगिसकेको छ । त्यसकारण, गाउँपालिका भित्र रहेका शैक्षिक संस्था , प्रशासन, पसल आदि समेत अर्को सूचना नआउञ्जेल सम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :