७ दिन होटलमा बस्ने र घर पुग्ने खर्च नभए , नेपालीहरु अलपत्रै रहनुपर्ने ।


प्रकाशित: भाद्र ७, आईतबार, काठमाडौं

विदेशमा अलपत्र रहेका नेपालीहरुलाई नेपाल सरकारले उनीहरुले नेपाल फर्किएपछि सात दिनसम्म होटलमा क्वारेन्टाइन बस्ने र पी सि आर परीक्षण गर्ने प्रतिबद्धता जनाएपछि मात्र हवाई टिकट उपलव्ध गराउने भनेको छ । नेपाल सरकारले हरेक दिन ५०० नेपालीहरुलाई स्वदेश फर्कन दिने निर्णय गरेको छ । टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।

योसँगै नेपालका होटल व्यवसायीहरुले आफ्नो तयारी गर्न थालिसकेका छन् । लिखित प्रतिबद्धता जनाएपछि मात्र स्वदेश फर्कन दिइने निर्णय सरकारले गरेको हो । 

यो भन्दा अगाडी नेपाल फर्किएका व्यक्तिहरूले पी सि आर परीक्षण गर्न, क्वारेन्टाइनमा बस्न, र होटलको दररेट तिर्न बार्गेनिङ गरेका कारणले सरकारले यस्तो निर्णय लिन बाध्य भएको हो । अब नेपाल फर्कन चाहनेहरुले हवाई टिकट खरीद गर्नुअगाडि नै एक सातासम्म होटलमा क्वारेन्टाइन बस्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नुपर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने छ । उनीहरुले यसो नगरे नेपाल फर्किनका लागि अनुमति नदिइने भएको छ । 

स्वदेश फर्किन चाहने नेपालीहरुले विदेशमै हवाई भाडा समेत तिर्नुपर्नेछ। अहिले काठमाडौं उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको प्रयाप्त व्यवस्था छैन । त्यसैले सरकारले गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति निर्माण गरेको छ । 

होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज निर्मलीकरण गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्ड अनुसार गर्ने होटल व्यवसायीहरूले बताएका छन् । त्यस्तै कुनै व्यक्तिले होटल छाडिसके पश्चात ४८ घण्टासम्म उक्त व्यक्तिको बसेको कोठा बन्द रहने र रूम सर्विस सेवा पनि ४८ घण्टा पश्चात नै गराइने भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार