विराटनगरमा संक्रमित हुनेको संख्या ३०० नाघ्यो, २३ नयाँ संक्रमित ।


विराटनगर, श्रावण २७, मङ्गलबार

विराटनगरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३ सय नाघेको छ । हिजो सोमबार साँझ सम्ममा विराटनगरमा ९ जना नयाँ संक्रमित थपिएका मध्ये राति १२ घण्टा को अन्तरालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


सोमबार राति प्राप्त भएको पछिल्लो पी सि आर परीक्षणको नतिजा अनुसार विराटनगर महानगरपालिका वडा नं १७ मा सबैभन्दा बढी संक्रमित देखिएका छन । त्यस वडामा सात जनामा कोरोना देखिएको छ । त्यस्तै विराटनगर तिनमा एकजना, विराटनगर ५ मा ४ जना, विराटनगर ६ मा तीनजना, विराटनगर ७ मा एकजना, विराटनगर ८ मा तीनजना, विराटनगर ९ मा दुईजना, र विराटनगर १५ मा एकजना मा संक्रमण पुष्टी भएको जनस्वास्थ्य महाशाखाले जनाएको छ । साथै वडा खुल्न बाँकी एकजनामा संक्रमण देखिएको छ ।


 यो सँगै, हालसम्म विराटनगरमा संक्रमण हुनेको संख्या ३१३ पुगिसकेको छ जसमध्ये २०६ जना पुरुष र १०७ जना महिला रहेका छन् । विराटनगर महानगरको वडा नम्बर ९ मा मात्र ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये सोही वडाका २ जनाको मृत्यु भइसकेको छ । त्यस्तै वडा नम्बर ५ मा पनि एकजनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । अत्यधिक संक्रमण देखिएको वडा नम्बर ९ मा स्थानीय प्रशासनले आइतबार साँझ बाट ७२ घण्टाका लागि कडाइ गरेको छ ।


महानगरभित्र अहिलेसम्म ३,९२९ जनाको परीक्षण गरिएको छ जसमध्ये ३१३ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ६९ जना डिस्चार्ज भइसकेका छन् ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार