विराटनगर, श्रावण २७, मङ्गलबार
विराटनगरमा दिनानुदिन संक्रमण बढ्दै गएका कारण सम्पूर्ण नगरवासीहरुमा चिन्ताको विषय भएको छ । त्यसमा पनि श्वाव परीक्षणको नतिजा ढिलो आउने गरेका कारण परिक्षण गराउनेहरुमा धेरै दिनसम्म त्रास रहने गरेको छ ।
पहुँचवाला हरूको श्वाव परीक्षण रिपोर्ट छिटो प्रकाशित गरिदिने र पहुँच नहुनेहरूको रिपोर्ट ढिलो प्रकाशित गरिदिने विषयप्रति बिराटनगर का मेयर भीम पराजुलीले चिन्ता व्यक्त गर्नुभएको थियो ।
आफ्नो फेसबुक वालमा पोस्ट गर्दै मेयर भीम पराजुलीले " नतिजा ढिलो आउँदा कसको चाकडी गर्नुपर्ने हो ? " भनि चिन्ता व्यक्त गर्नुभएको थियो । यसै कुरालाई ध्यानमा राखी विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले श्वाव परीक्षणका लागि हेल्प डेस्क स्थापना गरेको छ ।
उक्त हेल्प डेस्कमा सम्पर्क गर्दा परीक्षण गराउने हरुले श्वाव परीक्षण नतिजाका बारेमा जानकारी लिन सक्नुहुनेछ ।
१. सम्पर्क नं :०२१-५१५१७५ (बिहान आठ बजेदेखि बेलुका ६ बजेसम्म )
२. सम्पर्क नं : ९८४४६४४०९८ (बिहान ८ बजेदेखि राति १० बजेसम्म )
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :