कोरोना जितेर फर्किएका व्यक्तिलाई समाजले बस्न दिएन ।


sad man
प्रकाशित :श्रावण ३१, शनिबार 
कोरोना सङ्क्रमितहरु सफल उपचार पाएपछि पनि आफ्नो गाउँ समाजमा फर्कदा गाउँ तथा समाजका व्यक्तिहरूले बस्न नदिएको पाइएको छ । इटहरी ५ नंबर वडाका एक २७ वर्षीय कोरोना संक्रमित पुरुष धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल उपचार प्राप्त गरेर आफ्नो घर फर्किए पनि उनलाई गाउँ समाजले अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् ।

यसअघि विराटनगरमा पनि यस्तै किसिमका व्यवहारहरु संक्रमित माथि भएका कारण महानगरले अनुरोधपत्र नै सार्वजनिक गरेको थियो । घरबेटीले नराम्रो दृष्टिकोणले हेर्ने, गालीगलौज गर्ने तथा बस्न नदिने जस्ता क्रियाकलापहरु सङ्क्रमितहरू माथि भइरहेको जानकारी विभिन्न क्षेत्रबाट आइरहेका छन् ।

गएको श्रावण २० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले स्वाब परिक्षण गराएका थिए र २२ गते बिहान उनको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी ३२ घण्टा घरमै क्वारेन्टाइनमा बसे । त्यसपछि उनलाई एक सातासम्म उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

एकसाता पछि उपचार प्राप्त गरेर घर फर्किन लाग्दा उनलाई समाजले बहिस्कार गरेपछि अहिले उनी इटहरीकै एक होटलमा बस्दै आएका छन् भन्ने कुराको जानकारी प्राप्त भएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार