डरै डर को महामारी; कोरोना को दादागिरी |


प्रकाशित: भदौ ९, मंगलबार, विराटनगर ।
अझै लक डाउन र निषेधाज्ञा दुई चार वर्ष लगाउने ? कर्पोरेट हाउस र दलाल पुँजीवादी अर्थव्यवस्थाको राम्रो सिकार भएका हामि जनतालाई अब श्री पशुपतिनाथले बचाउनुहोस ।
 कोरोना भाइरस सबैलाई संक्रमण हुन सक्ने सम्भावना हुँदैन भने कसैकसैलाई भने अत्याधिक धेरै भाइरुलेण्ट हुनसक्छ । केही व्यक्तिहरूको प्रतिरक्षा प्रणाली राम्रो भएको कारणले गर्दा कोरोना भाइरस लाग्दैन भने केही व्यक्तिहरू भाग्यशाली हुन सक्छन् त्यसकारण लाग्दैन । सामान्यतया ठूला महामारीहरुले जनसङ्ख्याको ५ प्रतिशत जनसंख्यालाई संक्रमित गर्ने गरेको इतिहास छ तर कोरोना भाइरस स्पष्ट रुपमा अझ बढी हुनेछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

प्रारम्भिक अनुमान लगाउँदा विश्वको ४०% देखि ७०% प्रतिशतसम्म जनसंख्यालाई कोरोना भाइरसले संक्रमित पार्न सक्दछ । अमेरिकामा अलि कम हुन सक्छ , लगभग ६०% । यसका लागि मुख्य साँचो भनेको रोगप्रतिरोधात्मक क्षमता बढाउने हो, अहिलेको परिस्थितिमा । तर, के कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्ति निको भएपछि, फेरि देखा पर्दैन त ? यो महत्वपुर्ण प्रस्न हो । 

यदि यो कोरोना भाइरस निको हुनासाथ तुरुन्त फेरी लाग्यो भने यो कहिले रोकिदैन भन्ने कुरा प्रष्ट बुझ्नुपर्छ । स्वभाविकरुपमा कोरोना भाइरस निको भइसकेका व्यक्तिहरुलाई पुनः लाग्न सक्ने सम्भावना उत्तिकै हुन्छ किनभने उनीहरूको प्रतिरक्षा प्रणाली अघिल्लोपटक कोरोना भाइरससँग लड्दा न्यून भएको हुन्छ।

अहिले विश्वमा कोरोनाभाइरसको खोप बनाउनकालागि सयभन्दा बढी राष्ट्रहरु प्रयासरत छन् । रसिया, यु.के, चीन, लगायतका मुलुकहरुले त परीक्षणका विभिन्न चरणहरु पार गरेर वितरण गर्ने प्रक्रिया पनि थालिसकेका छन् । तर ती खोप हरुले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई नै बढाउने हो । भाइरसलाई तुरुन्त सखाप पार्ने खालका औषधीहरू बनेकै छैनन् । 

हाम्रो मनमा जहाँसम्म अमेरिका किन लक् डाउन  गरिएन या बन्द गरिएन भन्ने विषय छ, त्यसको उत्तर एकदमै सरल देखिन्छ । डोनाल्ड ट्रम्प देश बन्द भएको हेर्न चाहँदैनन् । लक् डाउन नगर्नका लागि उनले अनेक किसिमका रणनीति तथा पाइलाहरु चाले । यसको कारण एउटै मात्र छ "अर्थतन्त्र बचाउन" । ट्रम्पले कोरोना का कारण १० लाख अमेरिकीहरूको मृत्यु हुने कुरा/ अभिव्यक्ति विभिन्न समयमा, विभिन्न प्रेस ब्रिफिङमा दिदै आएका छन् । 

अर्को कुरा के स्पष्ट छ भने, कोरोना का कारण नमरेपनी अन्य कारणले ती व्यक्तिहरू मर्ने नै हुन् (धेरैजसो केस मा ) । हामीले योभन्दा अघिका मृत्युका तथ्याङ्क सुनेका पनि थिएनौं, देखेका , भोगेका पनि थिएनौं । जन्डिस, पखाला, रुघा, टाइफाइड आदि रोगले यति मानिसको मृत्यु भयो भनी कुनै पत्र पत्रिकाले प्रकाशित गरेका पनि थिएनन् भने अहिले कोरोनाका कारण मर्नेहरूको कुण्डली नै सार्वजनिक गरिदिन्छन् । यसले के देखाउँछ भने, मान्छे मर्छ, तर कोरोनाका कारण मर्यो भने त्यो भयावह हो, अन्य रोगले मारे सामान्य हो । " कोरोनाले चाई मर्न हुन्न है " भन्ने मानसिकता विकसित भइसकेको छ । भोकमरीले , अन्य रोगले मर्न पाइन्छ, तर कोरोनाले मर्न पाइन्न है भनेजस्तो भइसक्यो । 

यो के के न रहेछ जस्तो प्रचार्वादी गर्दै अझै लक डाउन गर्ने हो भने, अर्थतन्त्र त ध्वस्त हुने नै हो साथै भोकमरी को महामारी पनि अवश्य निम्तिन्छ । विभिन्न किसिमका कार्यालय , शैक्षिक संस्था, यातायात आदि नखुलेको अवस्थामा, कर्मचारी र व्यवसायीहरुले गर्दै गरेको आन्दोलन दबाउन का लागि कोरोना राम्रो हतियार पनि बनेको छ । मानिसहरूलाई बन्द कोठामा राखेर आवाज दबाउन पाउँदा, लक डाउन र निषेधाज्ञा जति सजिलो उपाय केही पनि हुन्न । कर असुल्नका लागि वैकल्पिक बाटाहरू भने खोजिन्छन् । पेट पाल्न नसकेको अवस्थामा, र सवारी गुडाउन नदिइएको अवस्थामा , यातायात कर र अन्य सबै किसिमका कर उठाउन भने सरकार ले जस्तोसुकै मार्ग खोल्ने नै हो । 

प्रचारबादी पद्धति को सिकार भएका हामी भने, लक डाउनले बाँचिन्छ भन्ने आस मा थुनिएर बसिरहन्छौं, उनीहरु भने विभिन्न सभा सम्मेलन, उद्घाटन गरेर डुल्न पछि पर्दैनन् । सामाजिक, भौतिक दूरी कायम नगरी कार्यक्रम गर्दछन् । भेला हुन, भीड गर्न पाइन्न भनी नियम लादछन् तर आफू चाहिँ सैयौं को संख्यामा भीड भेला गरेर सभा बनाउँछन् । २ लाख को राहत बाँड्न १२ लाख को हेलिकप्टर चार्टर गरेर पुग्छन् । अनि हामी अमेरिकाले किन लक डाउन गरेन भनी उसलाई मूर्ख ठानी हाँस्छौ । 

हामी त्यस्तो मेसिनले कोरोना परीक्षण गराइरहेका छौँ, जुन मेसिन बनाउनेले समेत " यो मेसिनलाई अनुसन्धानका लागि मात्र प्रयोग गर्नु " भनेका थिए । यहाँ मेसिन को अनुसन्धान हैन, व्यक्तिको अनुसन्धान भइरहेको छ उक्त मेसिनले । जुन मेसिन कोरोना जाँचका लागि नैं योग्य छैन, त्यही मेसिनले देखाएको रिपोर्टका आधारमा होटल र अस्पताल पोसिरहेका छौँ हामी सोझा जनता । 

लक डाउनले केही गर्दैन भन्ने प्रमाणित भइसकेको छ । आधा साल लक डाउन ले के उन्नति निम्त्याएको छ भन्ने कुरा सबैलाई जानकारी छ । बरु अहिले आएर यसले होटल व्यवसायी लाई राम्रो फाइदा पुर्याइदिएको छ । पर्यटन ठप्प भएका बेला खचाखच होटल भरिनु, वरदान सावित हुने भो, तर विद्यालय र त्यहाँ पढाउने शिक्षक, विद्यार्थीको अवस्था बिजोग बन्दै गैरहेको छ । 

अझै लक डाउन र निषेधाज्ञा दुई चार वर्ष लगाउने ?

कर्पोरेट हाउस र दलाल पुँजीवादी अर्थव्यवस्थाको राम्रो सिकार भएका हामि जनतालाई अब श्री पशुपतिनाथले बचाउनुहोस ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार