बाढीले सिङ्गो गाउँनै बगायो ।


प्रकाशित :भाद्र ३ , बुधबार 
कैलाली, अछामको मंगलसेन गाउँपालिका-५ कैलाश खोलामा आएको बाढीले गाउँनै बगाएको छ। अविरल वर्षाको कारण  मध्यरातमा आएको बाढीले रामरोशनको सैनि बजारको २२ पसल बगाएका छ। 

बाढीका कारण चार जनाको मृत्यु भएको छ भने १९  जना अझै बेपत्ता छन्। बाढीले गजड बजार, मुजा बगर र सैनि बजारमा बढी क्षति पुर्याएको छ। अहिले उद्धारका लागी प्रहरी टोली घटनास्थलतर्फ जाँदै छन् भने विस्तृत विवरण आउन बाँकी नै छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार