बैतडी,भाद्र ३, २०७७।
चौलानी नदीमा दाउरा संकलन गर्ने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको मार्मा गाउँपालिका २ बनगडाका १६ बर्षीय अशोक विष्ट रहेका छन् ।
मंगलबार दिउँसो २ बजे घर नजिकै चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा अशोकलाई नदीले बगाएको स्थानीय दिनेश सिंहले जानकारी दिए । उनले भने‘नदीमा बगेर आएको दाउरा संकलन गर्दै गरेका बेला एक्कासी नदीले बगायो’ बेपत्ता रहेका किशोरको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् ।
ती किशोर मार्मास्थित लटिनाथ मावि रस्कोटमा अध्ययनरत रहेका थिए । बेपत्ता किशोर सोमबार सार्वजनिक एसइईमा पास भएका थिए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :