मोरङ कारागारमा कैद भुक्तान गरिरहेका युवकको रहस्यमय मृत्यु ।


 


प्रकाशित: भदौ ११, बिहीबार, विराटनगर

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर–४ का २६ वर्षीय निराजन यादवको बुधबार मृत्यु भएको छ। लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका यादवलाई बुधबार दिउँसो ४ बजे कोशी अस्पतालमा उपचारका लागि ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

यादवलाई लागूऔषध मुद्दामा सजाय पाएको थियो र त्य्सैको कैद भुक्तान गर्दै आउँदा क्षयरोगका बिरामी रहेका यादवमा स्वाश्वप्रश्वासमा समस्या देखिएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल पठाएको मोरङ कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । अस्पतालको आइसोलेशनमा ल्याइपुरयाउँदा यादवलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।

रहस्मय मृत्यु भएपछि आफन्तले कारागारमा कुटपिटपछि हत्या गरेको आरोप लगाएका छन् ।युवकको अवस्था तीन दिनअघिसम्म सामान्य थियो । तीन दिनअघि मृतकमा दाजुले उनलाई पैसा पुर्‍याइदिएका थिए ।तीन दिनअघि सकुशल र स्वस्थ रहेका आफ्नो भाइको एक्कासी मृत्युको खबर पाएको मृतकका दाजु देवेन्द्रकुमार यादवले बताए ।

दाजु देवेन्द्रकुमारका अनुसार अचानक कारागारबाट बिरामी भएर अस्पताल ल्याएका छौं आउनुहोला भन्ने जानकारी आयो । अस्पताल पुग्दा भाइको मृत्यु भइसकेको थियो।

कारागारमा चरम यातना दिएका कारण मृत्यु भएको आफन्तको आरोप छ ।

कुटपिटका कारण निराजनको ज्यान गएको दाबी गर्दै आफन्तले छानबिन हुनुपर्ने र दोषीलाई कारवाही माग गरेका छन् भने प्रहरीले मृतकको शव पोष्टमार्टम गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। 

पीसीआर रिपोर्ट नआइकन थप परीक्षण गर्न नमिल्ने प्रोटोकल भएकोले शव छुट्टै ठाउमा राखेका छौं,’‘मृत्युको कारण थप परीक्षणपछि थाहा हुन्छ कोशी अस्पतालका इमर्जेन्सी वार्डका एक चिकित्सकले भने, ।’

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते जिल्ला अदालत मोरङले कैद र ७८ हजार जरिवानाको फैसला सुनाएको थियो

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार