औसधि व्यवसायीहरुलाई फेस शिल्ड वितरण ।


विराटनगर, श्रावण २५, आईतबार 
मोरंगको विराटनगरसहित विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण वृद्धि भएका कारण, नेपाल औसधि व्यवसायी संघ मोरंग जिल्ला साखले , औसधि व्यवसायीहरुलाई सुरक्षा जोखिम नहोस भन्नका निमित्त फेस शिल्ड वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा , विराटनगरको सिमा क्षेत्र रानीमा रहेका औसधि व्यवसायीहरुलाई फेस सिल्ड वितरण गरेको हो । अत्यधिक भिडभाड हुने औसधि पसल, अस्पताल क्षेत्र वरपरका औसधि पसल का व्यवसायीहरुलाई यसरि पहिलो चरणमा फेस शिल्ड वितरण गरिएको हो ।

मोरङ्गका भिभिन्न क्षेत्रमा कोरोन संक्रमण बढ्दै भएका कारण अग्रपंगतीमा रहेका औसधि व्यवसायीहरुमा संक्रमणको जोखिम उच्च हुन सक्ने भएकाले , उनीहरुको संक्रमणको जोखिम न्यूनीकरण हेतु फेस शिल्ड वितरण सुरु गरेको हो ।संघका अद्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाका अनुसार , संघमा आबद्ध सम्पुर्ण सदस्यहरुलाई फेस शिल्ड वितरण गरिनेछ । संघमा , ५५० जना जिल्लाका औसधि व्यवसायीहरु आबद्ध रहेको जानकरी रहेको छ ।

फेस शिल्डले मुख्यतय हाछिउं गर्दा, खोक्दा , बोल्दा, सास फेर्दा रोक्ने काम गर्दछ , जसका कारण सिधा संक्रमण सर्ने जोकिम बाट जोगिन सकिन्छ । पारदर्शी हुने भएका कारण , व्यक्ति पहिचान गर्न, चिन्न पनि सजिलो हुने यस्तो फेस शिल्ड , प्रहरी प्रशाशन , पत्रकारलाइ समेत आवस्यकता अनुसार वितरण गर्ने संघको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार