विराटनगर ९ क्षेत्रमा कडाइ , गुद्री बजार निषेधित क्षेत्र |


gudri

विराटनगर, श्रावण २६, सोमबार
कोरोनाको संक्रमण तीव्र रुपमा फैलिंदै गएपछि अत्यन्त भिडभाड हुने स्थान विराटनगर ९ क्षेत्र परिसर का केही इलाकामा कडाइ गर्ने जिल्ला सुरक्षा समिति मोरङको आइतबार बसेको बैठकले निर्णय गरेको छ । आइतबार एकै परिवारका ११ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपश्चात समितिले यस्तो निर्णय दिन बाध्य भएको हो ।

गुद्रीबजार देखि हनुमान मन्दिर, जलजला मोड , पश्चिम क्षेत्रमा भट्टा चोक, दक्षिणमा ट्राफिक चोक, र दक्षिण-पश्चिम महावीर चोक सहित विराटनगरको गुद्री बजार सँग सिदा जोडिएका सडकहरूबाट आवतजावत पूर्णरुपमा निषेध गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठक निर्णय अनुसार आइतबार राति १० बजेदेखि ७२ घण्टा सम्मका लागि गुद्रीबजार प्रवेश गर्ने सम्पूर्ण मार्गमा ढाट लगाइ आवतजावत निषेध गरिएको छ । साथै त्यसक्षेत्रका सर्वसाधारणहरुलाई बाहिर ननिस्कनका लागि सूचना दिइएको जानकारी प्राप्त भएको छ ।

वडा अध्यक्ष विश्वनाथ भगतका अनुसार गुद्रीबजार क्षेत्रमा मात्रै २५ जनाभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने सोही क्षेत्रका दुईजनाको कोरोना संक्रमणले कारण मृत्यु भइसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार