माग सम्बोधन भएपछी नोबेल अस्पतालको आकस्मिक सेवा सुचारु ।



प्रकाशित: भाद्र १३, शनिवार, विराटनगर ।
नोबेल अस्पतालमा कार्यरत ५५ जाना नर्सले सेवा सुविधाको माग गर्दै पाँच दिन अगाडिदेखि काम ठप्प पारेका थिए र सामुहिक राजिनामा समेत दिएका थिए । प्रशासनले उनीहरूको माग सम्बोधन गरेसँगै अस्पतालको आकस्मिक विभाग पुनः सञ्चालनमा आएको हो । 

समयमै पारिश्रमिक पाउनुपर्ने र कोरोना महामारीमा काम गर्दछ पुग्छन् भत्ता पाउनुपर्ने उनीहरूको माग रहेको थियो । उक्त सामुहिक राजीनामा दिनेमा अस्पतालका स्टाफ नर्स र प्यरामेडिक समुहका कर्मचारी गरी ५५ जना थिए । नोवेल प्रबन्धक नारायण दाहालका अनुसार प्रशासन र आन्दोलनरत पक्षहरु बीच सहमति भएपछि अस्पतालको आकस्मिक सेवा पुनः सुचारु भएको हो। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार