गत बुधबार अछामको रामारोशन को कैलाश खोलामा आएको बाढि पहिरोबाट पिडितहरुका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो । उक्त स्थानमा निरीक्षण समेत गर्ने र राहत समेत बाढ्न भनि पुगेको टोलीले एक कार्यक्रम समेत गरेको थियो । उक्त कार्यक्रम धानबाली भएको खेतमा कुल्चिएर गरिएको भनि चौतर्फी आलोचना भएपछी गृहमन्त्रि रामबहादुर थापाको सचिवालयले खण्डन गरेको छ ।
बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोलाको बगरमा कार्यक्रम गरिएको भएपनि धानखेतमा कार्यक्रम गरेको भनी आलोचना भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।
एक प्रेस नोट सार्वजनिक गरि सचिवालयले उक्त कारक्रम धानखेतमा नगरिएको स्पष्ट पारेको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । नकि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो ।’
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :