होम आइसोलेसनमा बसेका तिन मन्त्रीसहित प्रधानसेनापतिको पिसिआर रिपोर्ट नेगेटिभ ।



प्रकाशित: भदौ १४, आइतबार ,काठमाडौँ
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहित गर्न सेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टिनमा बसेका थिए। छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो। 

उपप्रधानमन्त्री निकट स्रोतले चारै जनाको रिपोर्ट हिजो आइपुगेको र नेगेटिभ पाइएको बताएका छन्।

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले हिजो बस्ने भनिएको बैठक समेत स्थगित भएको थियो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार