विराटनगरमा निषेधाज्ञा जारी गरिएको छैन ।


विराटनगर, श्रावण २१, बुधबार

देश का १४ स्थानमा गृह मन्त्रालयले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि, गृह मन्त्रालयले यस्तो निर्णय लिएको हो । मोरङको विराटनगरमा निषेधाज्ञा जारी गरिएको छैन । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख मुकेश केशरीका अनुसार, अन्य स्थानका नाम सूचीमा राख्दा, विराटनगरको पनि नाम सूचीमा आउनु त्रुटी भएको हो ।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी, पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने सप्तरीमा साउन २६ गते सम्म, बाँकेमा २४ गतेसम्म र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्रमा आजसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञा जारी गरिएका स्थानमा, जथाभावी भीड गर्न पाइँदैन, आवश्यक भन्दा अन्य प्रयोजनका लागि हिँडडुल गर्न प्रतिबंधित हुन्छ र सवारी साधनको आवत जावत मा समेत रोक लगाइन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार