विज्ञ भन्छन्: साबुनपानीले हात धुनु, सेनिटाइजरको भर नपर्नु ।



प्रकाशित भदौ १२, बिहीबार काठमाडौँ

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा बजारमा पाइने विभिन्न ब्रान्ड र लेबल नै नभएका सेनिटाइजरमध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको नतिजा देखिएको हो ।

बजारबाट सेनिटाइजरका २१ फरक नमुना लिएर नास्टले 'माइक्रोबियल एक्टिभीटी'को परीक्षण गरेको थियो । नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाईं जोशीका अनुसार सेनिटाइजरले निश्चित समयभित्र रोगकारक कीटाणु (ब्याक्टेरिया) मार्न वा तिनको वृद्धि रोक्न सक्छ/सक्दैन भनेर जाँच गरिएको थियो जसमा संकलित नमुनामध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी देखिए ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार घरेलु मदिराको प्रयोग गरेर नास्टले आफैं पनि सेनिटाइजर तयार पारेको छ । बजारमा पाइएका नमुनासँगै परीक्षण गर्दा त्यसको प्रभावकारिता राम्रो पाइएको नास्टको भनाइ छ भने ‘अल्कोहलको मात्रा बढी भएको सेनिटाइजर प्रभावकारी हुने बताइएको छ।

औषधि व्यवस्था विभागले हाल ४० वटा स्वदेशी उद्योगलाई सेनिटाइजर उत्पादन गर्न अनुमति दिएको छ । विभागले स्वदेशमा उत्पादित सेनिटाइजरको गुणस्तरबारे बुझ्न उद्योगहरूमा अनुगमन पनि गरेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । तर कोरोना महाव्याधिसँगै भारतलगायत विभिन्न मुलुकबाट आयातित सेनिटाइजरले स्वदेशी उत्पादनभन्दा धेरै बजार लिएका छन् । तिनको गुणस्तरका सवालमा भने विभाग मौन छ ।

नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाईं जोशी का अनुसार रोगका कारक सूक्ष्मजीव हटाउन वा मार्न सेनिटाइजर नै नभई नहुने भन्ने होइन । साबुनपानीले मिचीमिची हात धोए पनि हुन्छ,। 

पटक-पटक साबुन पानीले मिचीमिची हात धुनु स्वास्थ्य को लागि राम्रो हुन्छ। गुणस्तरहीन सेनिटाइजर प्रयोग गर्नुको कुनै औचित्य नरहेकोले साबुन पानीले मिचीमिची हात धुनु नै उत्तम विकल्प हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार