कोरोना भाइरसको अन्त्य यसरि हुन सक्छ : डा. ओम मूर्ति अनिल |


प्रकाशित: भदौ ६ , शनिबार 
कोरोना भाइरसको अन्त्य दुई तरिकाले हुन सक्छ । पहिलो तरिका भनेको हर्ड इम्युनिटी विकसित गर्नु । हर्ड इम्युनिटी भनेको यदि कुनै समाजमा, अधिकांश व्यक्तिहरुमा कोरोना भाइरस सँग लड्ने हर्ड इम्युनिटी विकसित हुनुपर्यो ।

हर्ड इम्युनिटी विकसित हुनका लागि, व्यक्तिहरू समाजमा संक्रमित भएर निको भइसक्नुपर्ने हुन्छ । तर यो जोखिमपूर्ण पनि हुन्छ र १ देखि २ वर्ष सम्म लाग्न सक्छ । यो किसिम को रोगप्रतरोधात्मक क्षमता विकास गर्नु भनेको अन्तिम उपाय हो, पहिलो उपाय भने हैन । तर हर्ड इम्युनिटी जस्तै व्यवहार देखाउने खोप बनाउने हो भने यसले संक्रमण रोक्न सक्छ । यस्तो खोपले शरीरमा धेरै मात्रामा एन्टी बड़ी उत्पादन गर्छन् र रोगसँग लड्ने क्षमता विकास गर्छ । यही किसिमका खोप बनाउन अहिले विश्व लागि परेको छ । कम लक्षण भएका या लक्षण नदेखिएका बिरामीहरूमा एन्टीबडी उत्पादन नहुने समस्या अहिलेको अनुसन्धानले देखाएको छ । त्यसकारण हर्ड इम्युनिटी द्वारा उनीहरुमा संक्रमण निको पार्ने हो भने उनीहरु फेरि दुई या तीन महिना पश्चात संक्रमित हुन सक्छन् ।

अहिले बनेका खोपहरु ले देखाएको नतिजाअनुसार हामीलाई चाहिएको जस्तो रोग प्रतिरोधात्मक क्षमता प्रदान गरिरहेको छ । तर यस्तो किसिमको खोपहरु सम्पूर्ण गरे तथा धनी देशहरूले प्राप्त गर्नका लागि एकदेखि दुई वर्षसम्म लाग्न सक्छ । अहिलेको खोप हामीले दुई वर्ष पछि पाउने हो भने अर्को दुई वर्ष पछि मात्र हामी निको हुन सक्छौं । हर्ड इम्युनिटी भन्दा अर्को उपाय भनेको प्रकृतिले नै भाइरस नियन्त्रण गर्न सक्ने बनाउने ।

इतिहास हेर्ने हो भने स्पेनिश फ्लु समेत वातावरण बाट आफै लोप भएको थियो । भाइरस भनेको तापक्रम सुहाउँदो वातावरणमा रहने गर्छ र उपयुक्त वातावरण नपाए आफै नष्ट भएर जान्छ । धेरै यस्ता भाइरस हरु आएर लोप भइसकेका छन्, प्रकृति कै कारणले । भाइरसहरू सरीरभित्र पसेपछि आफ्नो स्वरूप परिवर्तन गर्छन्, जसलाई हामी जेनेटिक ट्रान्सफर्मेशन भन्दछौ । स्वरूप परिवर्तन भएपछि उक्त भाइरस की कम भआइरुलेन्ट हुने की अधिक भाइरुलेन्ट हुने गर्दछन् । 

भइरुलेन्ट भनेको अरुलाई समेत संक्रमण फैलाउने क्षमता हो । इटालीमा पहिला संक्रमण धेरै संक्रमित थिए भने अहिले काम हुँदै गएका छन् । यसरीनै प्राकृतिक कारणले धेरै समय पछि यो भाइरस मानव शरीरको लागि असरहिन हुने सम्भावना छ । अहिले संक्रमित हुनु र छ महिना पछि या वर्ष दिन पछि संक्रमित हुनुमा जीवन र मृत्यु प्रभाव पार्ने फरक छ किनभने त्यतिबेला उपचार पद्धति अझै विकसित हुनेछन् र भाइरस पनि कमजोर भइसकेको हुनेछ । 

त्यसकारण अहिले समय हामीले धैर्य गर्ने समय हो । प्रकृति सँग यसको साँचो छ, त्यसकारण हामीले प्रकृति को ताकत लाई विश्वास गर्नुपर्छ ।

डा. ओम मूर्ति अनिल ले प्रकाशित गर्नुभएको भिडियो बाट ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस "

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार