दाङ : डेढ लाख नगदसहित आठ जुवाडे पक्राउ




प्रकाशित: भदौ ६,शनिबार। 


दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले शुक्रवार बेलुकी साढे पाँच बजेतिर पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


प्रहरीले कुखुरा फर्म सन्चालकलाई समेत पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले उनीहरुलाई १ लाख ५८ हजार ३ सय रुपैया नगद, ३ गड्डी तास र नखोलेको १० गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।पक्राउ परेकाहरुका नाम खुलाईएको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार