एसईईमा कम नम्बर दिएको आरोपमा विद्यार्थीहरुद्वारा प्रधानअध्यापकमाथि कुटपिट ।



प्रकाशित :भदौ १५, सोमबार, सिन्धुली ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएको आरोपमा आइतबार प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका छन्।

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि कुटपिट गएको शिक्षक झलक दाहालले जानकारी दिए ।

मुखमा गम्भीर चोट लागेको प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ । अर्का शिक्षक भण्डारीको जिउमा निलडाम बसेको छ।

उक्त विद्यालयबाट एसईई‌मा‌ ६० जना विद्यार्थी सहभागी भएका थिए जसमध्ये ९ जनाको नतिजा सि आएको हो । तिनैमध्येको तीनजनाले कुटपिट गरेको हो। घटना पछि विद्यालयले घटना बारे इलाका प्रहरी कार्यालय खुर्कोट लाई जानकारी गराएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार