अब अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्दैन।


प्रकाशित: भदौ १४, आइतबार, काठमाडौँ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै एउटा बैँकको एटिएम कार्डले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क स्थायी रुपमा हटाएको छ। कोरोना महामारीमा लकडाउनको कारण प्रभावित भएको बैंकिङ कारोबार लाई मध्यनजर गर्दै सेवाग्राही को लागि सहज बनाउन कोरोनाको संक्रमण अवधिभरका लागि राष्ट्र बैंकले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटाउने नीति लिएको थियो ।

तर अब भने यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । विदेशबाट हुने बैंकिंग कारोबारको हकमा हकमा लाग्ने शुल्क हटाइएको छैन।
राष्ट्र बैंकको निर्देशन अनुसार जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्क समेत उल्लेख हुनेगरी त्यसको सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एसएमएसमार्फत् प्रयोगकर्तालाई जानकारी दिनुपर्ने छ ।

यसका साथै नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सिमा मा पनि सामान्य हेर्ने गरेको छ। डेबिट कार्डबाट सामान खरिद गर्दा गरिने भुक्तानीका लागि मासिक ४ लाख सम्म को सीमा कायम गरेको छ भने यस्तै अन्य कारोबारमा पनि निम्नअनुसार सामान्य बढोत्तरी गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार