यातायात कार्यालय कोरोना हबस्पट बन्न सक्छ ।


itahari-transport-office

विराटनगर, श्रावण २१, बुधबार
हलगढा स्थित यातायात कार्यालयमा दिनहुँ जसो भिड लाग्ने गरेको छ । लाईसेन्स बनाउन, नविकरण गर्न, सवारी साधन दर्ता, पास गर्न, ब्लु बुक नविकारण गर्न या अन्य प्रशाशनिक कार्यहरुका लागी त्यहाँँ घुइँचो लाग्ने गरेको छ । आफ्नो आवस्यक काम गर्नका लागी नगइ धर पनि त छैन । तर यस्तो महामारिका समयमा यस्तो वाध्यकारी स्थितिबाट मुक्त हुनैपर्छ ।

इटहरिमा पनि संक्रमित को संख्या त्यत्तिकै उच्च छ र यस्तो किसिमको भिडभाडका कारण, कतै यतायात कार्यलयनै कोरोना को हबस्पट बन्ने त होइन ? सुरक्षा अपनाउदा अपनाउदै पनि हावा तथा अन्य भौतिक उपकरण मार्फत कोरोना नसर्ला भन्न सकिन्न । 
itahari-transport-office

यसको उपाय के त ? सम्पुर्ण नगदी कृयाकलापहरुलाई विधुतिय भुक्तानितर्फ लग्नु उपयुक्त हुन्छ | त्यस्तै, अन्य कामहरुका लागि, इन्टर्नेट मार्फत गर्न सकिने बनाउनु पर्दछ । विस्वका अन्य मुलुकाहरुमा पनि यातायात सम्बन्धि प्रशाशनिक कार्यहरु हुने गर्दछन । कोरोनाकै महामारिका बिचमा पनि लक डाउन नगर्ने मुलुकहाँरुमा अन्लाईनमार्फत नै काम भैरहेका छन । यातायात मात्र नभएर, अन्य सबै कार्यलयहरुमा यस्तो किसिमको प्रणाली ल्याउनैपर्छ किनभने, कोरोना कहिलेसम्म रहन्छ, यसै भन्न सकिने अवस्था छैन र लक डाउन नै सधैँभरिको विकल्प अवस्य हुँदैन |

यसका साथै इटहरी चोकमा पनि यात्रु तथा सवारिसाधनहरुको उत्तिकै भिड छ | यसलाई पनि व्यवस्थापन गर्नु जरुरी छ | चेक जाँच गरेर, अत्यन्त आवस्यक कारणहरुका लागी मात्र आवतजावत गर्नु गराइनु पर्ने हुन सक्छ ।
itahari-chowk

itahari-chowk

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार