प्रकाशित: भदौ ६,शनिबार।
शुक्रबार नेकपा विराटनगर र राष्ट्रिय युवासंघ नेपाल विराटनगरको नेतृत्वमा विराटनगर-३ का कोरोना संक्रमितहरुको घर तथा वरिपरि सेनीटाइज गर्ने काम सम्पन्न छ।
त्यसैगरी युवासंघ नेपालको टोलीले बुढीगंगामा पनि संक्रमितहरुको घर तथा वरिपरि सेनीटाइज गरेको छ। यस महामारीलाई थप नियन्त्रण गर्ने कोशिसमा हामीले यो अभियान सुरु गरेका हौँ र यस कार्यलाई हामी थप सशक्त तरिकाले अगाडी बढाउने भन्दै राष्ट्रिय युवासंघ नेपाल विराटनगर कमिटिका सदस्य निरन्जन ढुंगानाले राष्ट्रिय टाईम्सलाई जानकारी दिए ।
यसअघि पनि राष्ट्रिय युवासंघ नेपाल विराटनगरले महिनौसम्म राहत वितरणको कार्य संचालन गरेको थियो।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :