डोटीमा पहिरो : ४ जनाको मृत्यु , ४ घाइते




डोटी,श्रावण २७,मंगलबार 

डोटीमा सोमबार राती करिब १ बजेतिर घरपछाडीबाट आएको पहिरोले च्यापिएर ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षे लोगे लुहारको घर पछाडीबाट आएको पहिराले घर भत्किंदा उनकी ३५ वर्षीया श्रीमती विष्णा, ११ वर्षको छोरा पारस, ७ वर्षको छोरी शिरु र ४ वर्षकी छोरी जेनिशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।


घटनामा परी घरमुली लोगे लुहारसँगै उनकी आमा ५२ वर्षकी पाना लुहार, आदर्श गाउँपालिका वष नं. ४ घर भई पाहुनाको रुपमा आएकी लोगे लुहारकी शाशु आमा झाङरी बिक र १३ वर्षका उनका साला इन्द्र बिक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।


अहिले घटनास्थल मुचुल्का तयार भईरहेको आदर्श गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरेश खड्काले जानकारी दिए ।

घाइतेमध्ये लोगेका साला इन्द्र बि.क.को अवस्था सामान्य रहेको र अन्य ३ जनालाई दिपायलस्थित शैलेश्वरी अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका चारै जनाको शव पोष्टमार्टम गर्ने नगर्ने विषयमा छलफल भईरहेको पनि प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार