विराटनगरका ९, मोरंगका १६ गरि प्रदेश १ मा ४२ नयाँ संक्रमित |


विराटनगर, श्रावण २६, सोमबार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६०१ जनाको पी सि आर परिक्षण गरिएको मध्ये, ४१ जनामा कोरोना संक्रमण पोजेटिभ भएको छ । ६ जना महिला र ३६ जना पुरुष गरी प्रदेश १ मा ४२ जना नयाँ कुरा संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमध्ये मोरङका १६ जना, सुनसरीका १४ जना झापाका नौ जना र धनकुटामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । प्रदेश १ मा नयाँ संक्रमित को तथ्याङ्क निम्न बमोजिम रहेको छ ।

१. मोरङ्ग -१६ जना : विराटनगरका ८ पुरुष र १ महिला, सुन्दर हरैंचा का ३ पुरुष, धनपाल थान का १ महिला र २ पुरूष र पथरी शनिश्चरे का १ पुरुष गरी १६ जना ।

२. सुनसरी -१४ जना : धरान का ७ पुरुष र दुई महिला, रामधुनी का ४ पुरुष, इटहरीका १ पुरुष गरी १४ जना ।

३. झापा -९ जना : गौराहदहका ५ पुरुष, भद्रपुर का २ पुरुष र १ महिला, कमल गाउँपालिका का १ पुरुष गरी जम्मा ,९ जना । 

यसैगरी, धनकुटामा १ जना, खोटाङमा १ जना र सिराहमा १ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १,४६५ पुगेको छ । प्रदेश १ मा आज १६०१ जनाको पी सि आर परीक्षण गरिएको मध्ये ४२ जना नयाँ संक्रमित थपिएका हुन् त्यस्तै प्रदेशी एकबाट आज विस्तार हुनेको संख्या ९९ रहेको छ । 

आज सोमबार नेपालमा संखुवासभा, मनाङ्ग, मुस्ताङ्ग, डोल्पा र हुम्लामा शुन्य संक्रमित रहेका छन् । नेपालमा आज ३३८ नयाँ संक्रमित थपिएका छन् । आज डिस्चार्ज हुनेको संख्या १४० रहेको छ भने ४ जनाको मृत्यु भएको छ । यो सँगै, नेपालमा संक्रमितको संख्या २३,३१० पुगेको छ भने, ७९ जनाले ज्यान गुमाइसकेको छन्। १६,४९३ जनाले कोरोना परास्त गरी घर फर्किसकेका छन् ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार