कोरोना मुक्त अमिताभ, के बि सी को तयारीमा ।


प्रकाशित: भदौ ४, बिहिबार 
केही साताअघि बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणका कारण थला परेका थिए । उनी लगायत उनका परिवारका प्रायः सदस्य कोरोना संक्रमित भएका थिए । उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आराध्या मा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

अमिताभ केही दिनसम्म अस्पतालको आइसोलेषणमा बसेर निको भएर घर फर्केका हुन् । कोरोना मुक्त भएर गएसँगै बुधबार उनले एउटा ब्लग सार्वजनिक गरेका छन् जसमा उनले आफू पुनः काममा फर्कने तयारी गरिरहेको बताएका थिए । 

हिन्दुस्तान टाइम्सले प्रकाशित गरेअनुसार "कौन बनेगा करोडपति " को शूटिंग नजिकै गएको छ समाजिक दूरी काम गर्दै सुरक्षाका साथ कार्यक्रम सञ्चालन गरिनेछ । अमिताभ बच्चन के बि सि को प्रमोशन नजिकिँदै गर्दा पूरै टोली यस सोको प्रस्तुतिकरण गर्नका लागि तयारी रहेको बताएका छन् । 

उनी उक्त शो संगै विभिन्न चलचित्रहरुमा पनि देखा पर्ने छन् उनले अभिनय गरेको झुण्ड, चेहरे, र ब्रह्मा स्त्र रिलिज हुन बाँकी नै छन् । अमिताभको के बि सि एकदमै लोकप्रिय शो हो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार